२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतको गोबद्र्धन मठका पीठाधीश आउने, टुँडिखेलमा ‘नागरिक अभिनन्दन’


0
Shares

१० दिने भ्रमणका लागि नेपाल आउन लागेका शंकराचार्यले यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने स्वागत समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जनाएको छ ।

वैशाख ३१ गते पशुपतिनाथ, वनकालीमा उनलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ भने जेठ १ गते टुँडिखेलमा नागरिकको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, जेठ २ गते त्रिभुवन विश्वविद्यालय धार्मिक संगोष्ठीमा उनी सहभागी हुने जनाइएको छ ।

शंकराचार्य चितवन, हेटौंडा र वीरगन्ज पनि जाने र विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । जेठ ८ गते उनी भारत प्रस्थान गर्ने जनाइएको छ ।