
बुधबार काठमाडौंमा सेन्टर फर डिप्लोमेसी एन्ड डेभेलपमेन्टद्वारा आयोजित कार्यक्रममा भारतका लागि नेपाली पूर्वराजदूत प्राध्यापक लोकराज बरालले दुई देशबीचको विवादलाई बढावा दिनुभन्दा सहयोगका क्षेत्रमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए ।
त्यस्तै, कूटनीतिज्ञ जयराज आचार्यले दुई देशबीचका समस्यालाई राजनीतिक स्तरबाटै समाधान गर्नुपर्ने भन्दै एकापसमा विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए ।
पूर्वपरराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यले ‘उतार–चढावबाट पाठ सिक्दै आपसी लाभका लागि काम हुनुपर्छ’–भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपरराष्ट्र मामिला सल्लाहकार गोपाल खनालले सीमा विवाद, सीमा क्षेत्रका बाँधहरु नेपाल–भारत सम्बन्धका प्रमुख चुनौती रहेको भन्दै पहिलोपटक राजनीतिक तहमा समस्यामाथि छलफल हुन थालेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पनि सीमा विवाद नै चुनौतीपूर्ण रहेको भन्दै दुईपक्षीय र क्षेत्रीय दृष्टिकोणबाट भारतसँगको सम्बन्धलाई हेर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्