
दार्चुला, वैशाख २७ । २०७० साल असारमा महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको दार्चुला सदरमुकाम खलंगामा अहिले पुनर्निर्माणको काम तीब्र रुपमा भइरहेको छ ।
महाकाली नदी नियन्त्रण आयोजनाले सदरमुकाम क्षेत्रदेखि नदी बहावको लगभग ५ किलोमिटरसम्म तटबन्धको काम शुरु गरेपछि दार्चुलाबासी सुरक्षित भएको महशुस गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक चर्चामा रहेको कालापानी, लिपुलेक सीमा क्षेत्र, अपी हिमाल, महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरालगायत उच्च हिमश्रृंखलासमेत रहेको दार्चुला जिल्लामा तटबन्ध निर्माणले जनजीवन सुरक्षित बनेको हो ।
यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक दिनप्रतिदिन बृद्धि भइरहेका छन् ।
करीब ३ अर्ब ७० करोड लागतमा निर्माणाधीन महाकाली तटबन्धको काम चालु आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्