Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


हस्तकला व्यापार मेला सुरु


0
Shares

काठमाडौं, कात्तिक २८ । १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता राजधानीमा सुरु भएको छ ।

मेलाको बुधबार एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे ।

नेपाल हस्तकला महासंघ र व्यापार तथा निकासी प्रवर्धन केन्द्रले आयोजना गरेको मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, ऊनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हातेकागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायतका वस्तुहरु राखिएका छन् ।

मेलामा हस्तकला विधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गर्न हस्तकला प्रतियोगितासमेत आयोजना गरिएको छ ।

यस वर्ष मैनको मूर्ति बनाउने र ढाँकाको कपडा बुनाइ विषयलाई प्रतियोगितामा समेटिएको छ ।

नेपालमा करिब १० अर्ब रुपैयाँको हस्तकलाको बजार रहेको र सोही मात्रामा निर्यात हुने गरेको महासंघले जनाएको छ ।

अमेरिका, युरोप, चीन, भारतलगायतका मुलुकमा २५ भन्दा बढी प्रकारका हस्तकला वस्तुहरुको निर्यात भइरहेको महासंघले जनाएको छ ।

मेलामा ४५ जिल्लाका हस्तकला उद्यमीका करिब २०० स्टल रहेको जनाइएको छ ।

मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० ओटा स्टलहरु रहेका छन् । मेला आगामी मंसिर २ गतेसम्म चल्नेछ ।

Skip This