
फाइल तस्वीर ।
	    सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाइ त्यसको प्रभावकारी कार्यान्वयन भएको जनाएको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी भइ कार्यान्वयनमा छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक स्थल तोक्न र सो स्थानमा धूमपान तथा सुर्तीसेवनमा बन्देज लगाउनसक्ने व्यवस्था छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्