बझाङमा यार्सा संकलन सुरु • Image Khabar Image Khabar


बझाङमा यार्सा संकलन सुरु


Imagekhabar
२८ बैशाख २०७५, शुक्रबार ०९:४७

बझाङमा यार्सा संकलन सुरु

डीबी विष्ट/
बझाङ, वैशाख २८ । वैशाख १६ गते यार्सा संकलनमा लगाइएको रोक आजबाट हटाइएको छ । रोक फुकुवा गरेसँगै आजबाट यार्सा संकलन सुरु भएको छ ।

वैशाख १६ गते सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलनमा रोक लगाएको थियो । वैशाख १४ गते बसेको धनसेरी वन सुरक्षा समितिको बैठकले यार्सा संकलनमा रोक लगाउने निर्णय गरेको थियो ।

यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाइएपछि वैशाख २७ गते सम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । यार्सा संकलन खुला गरिएसँगै स्थानीयहरु यार्सा खोज्न लेकतर्फ गएका छन् ।

यस क्षेत्रमा यार्सा संकलन गर्न सुर्मा गाउँपालिकाका साथै जिल्लाभरीका स्थानीय बासिन्दा जाने गर्दछन् । यार्सागुम्बा तथा अन्य जडीबुटी संकलनमा लाग्दै आएको रोक फुकुवा भएलगत्तै यार्सा संकलकहरु फेरि सपरिवार लेकतर्फ लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्