
जनकपुर, वैशाख २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी ओलीले जनकपुरस्थित जानकी मन्दिरमा स्वागत गरेका छन् ।
जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगेका मोदीलाई ओलीले स्वागत गरेका हुन् ।
यसअघि विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।
मोदीले जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम छ ।
जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्