७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


प्रधानमन्त्री ओलीले चिनियाँ मन्त्रीसँग भनेः संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य गरौं


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संस्कृति र पर्यटन क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गरेका छन् ।

चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङसहितको प्रतिनिधिमण्डलसंग आज बालुवाटारमा भएको भेटमा उनले दुई देशबीचको सम्बन्ध पर्यटन र संस्कृतिको माध्यमबाट थप बलियो बनाउन सकिने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा पर्यटनको सम्भावना अत्याधिक रहेको भन्दै दुई देशबीच यस क्षेत्रमा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

भेटमा नेपाललाई हवाई रुट प्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ मन्त्री लुओले नेपालको संस्कृति र पर्यटनको विकासमा सहकार्य गर्न चीन सरकार इच्छुक रहेको जानकारी दिए ।

नेपालले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने र नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढाउन आवश्यक पहल गर्ने उनको भनाइ थियो ।