१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी


0
Shares

पोखरा, वैशाख ३० । कास्कीको पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेको गोष्ठीमा ११ जिल्लाका सुरक्षा निकाय प्रमुख र प्रमुख जिल्ला अधिकारीसहित करिब १ सय जनाको उपस्थिति छ ।

गोष्ठीमा जिल्लाका सुरक्षा प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा व्यवस्था जानकारी गराउने कार्यक्रम छ । देश संघीयतामा गएसँगै केन्द्र र प्रदेश र स्थानीय तहको सुरक्षामा कसरी एकरुपता ल्याउने, सिण्डिकेट अन्त्यपछिको व्यवस्थापन कसरी गर्ने, मौसमी सुरक्षा व्यवस्था र विपद् व्यवस्थापन लगायतका विषयमा गोष्ठीमा छलफल गरिनेछ ।

कार्यक्रमा गृहसचिव प्रेमकुमार राई, प्रदेश ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवहादुर चुमान, प्रहरी महानिर्देशक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिर्देशक शैलेन्द« खनाल, राष्ट्रिय अनुसन्धान विभागका दिलिपराज रेग्मी, प्रदेश ४ का मुख्यसचिव लक्ष्मण अर्याल लगायतको सहभागिता छ ।