
काठमाडौं,जेठ १ । स्मार्ट र हरित शहर व्यवस्थापन सुस्ताएको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले हरित शहरको नारा दिएको तर, सरकारले काम नथालेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
हरित शहर निर्माण र अवधारणामा युवाहरुले भुमिका नपाएको भन्दै उनीहरुले युवामैत्री हरित शहर योजना बनाउन पनि माग गरे ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले हरित शहर व्यवस्थानमा सरकारले योजना बनाई रहेको बताए ।
नेपालमा हरित शहर र स्मार्ट सिटीको सम्भावना रहेको र सरकारले त्यसै अनुरुप अध्ययन गरी रहेको उनको भनाई ।
राष्ट्रिय युवा परिषद् नेपालका अध्यक्ष माधव ढुंगेलले हरित शहर क्रान्तिलाई सबै मिलेर अगाडि बढाउनु पर्नेमा जोड दिए ।
काठमाडौमा बढ्दै गएको प्रदुषणका कारण मानव स्वास्थ्यमा असर परेको भन्दै सबै संघसंस्था मिलेर योजना बनाउनु पर्ने उनको भनाई थियो ।
ग्लोबल पिस फाउण्डेशन नेपालका अध्यक्ष रामरोहन पन्तले नेपालमा स्मार्ट सिटी र हरित शहरको अवधारणा लागु गर्न ढिलो भएको बताए ।
सरकारले स्मार्ट सिटीको नारा दिएपनि काम नभएको उनको भनाई छ । कार्यक्रममा अमेरिका, जापान, चीन, भारत, पाकिस्तानका हरित शहर विज्ञको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्