१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्री ओलीसँग प्रदेश–२ का सांसदले गरे यस्तो माग


0
Shares

सो प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नम्बर–२ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गरेका हुन् ।

उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी–पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गरेको टोलीमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलकाअनुसार प्रधानमन्त्री ओलीले मागहरु जायज र आवश्यक भएको र आफू तराई–मधेसका साथै सिंगो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए । रासस