७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पाटन संग्रहालयको २१औं वार्षिकोत्सव


0
Shares

काठमाडौं, कात्तिक २७ । ‘पुरातात्विक बगैंचा’ नाम पाएको पाटन संग्रहालयको ऐतिहासिक भन्डारखाल बगैंचाले नामअनुसारको चिनारी पाउने भएको छ ।

पाटन संग्रहालय सन्चालन भएको २१ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका पुरातात्विक महत्वका सामग्री संग्रह गरी पुरातात्विक बगैंचामा संरक्षित अवस्थामा राखेको हेर्न चाहेको उल्लेख गरेका थिए ।

करिब ७० वर्षअघि आफू पुरातत्व विभागमा कार्यरत् रहँदा सरकारले नै यो कार्य गर्ने निर्णय गरेको सम्झँदै सो कार्यले निरन्तरता पाएको हेर्न चाहेको उनले बताए ।

सोही बगैंचामा आयोजना गरिएको कार्यक्रममा पाटन संग्रहालय विशेषाङ्कसमेत विमोचन गरिएको थियो ।

अष्ट्रेलिया सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षणकार्य भएको पाटन संग्रहालय वि.सं. २०५४ सालमा विधिवतरुपमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।