भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्छ : गच्छदार • Image Khabar Image Khabar


भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्छ : गच्छदार


Imagekhabar
२ जेष्ठ २०७५, बुधबार १९:२७

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्छ : गच्छदार

विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा आफूले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्ने शुभकामना दिएको जानकारी दिए ।

नेता गच्छदारले जनकपुरमा मित्रराष्ट्रको सरकार प्रमुखको अभिनन्दन समारोह संविधानप्रति असन्तुष्ट पोख्ने उपयुक्त थलो नभएको बताउँदै मधेसी जनताको संविधानप्रतिको असन्तुष्टि संसदबाट संशोधन गरी समाधान गर्नसकिने स्पसट पारे ।

उनले ‘नेपाली जनताको लामो त्याग, बलिदान संघर्ष एवं प्रतिनिधित्वबाट निर्माण गरिएको ‘हाम्रो राम्रो संविधान’ न पहिले बनेका थियो, न अब फेरि बन्नेछ’ भन्दै यसलाई विवादित नबनाइ संशोधन गर्दै सर्वस्वीकार्य बनाउन सबैको जिम्मेवारी रहेको धारणा व्यक्त गरे ।

फरक प्रसंमा उनले तत्कालीन नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच २०७४ असोज २९ गते भएको सहमति पार्टीले कार्यान्वयन गर्ने बताउँदै यस विषयमा पार्टीका अरु नेताहरुले के भन्छन्, त्यस सम्बन्धमा चासो नभएको बताए ।

नेता गच्छदारले कांग्रेसभित्रको गुट–उपगुटलाई एकढिक्का बनाइ राष्ट्रिय राजनीतिमा अगाडि लैजान फोरम लोकतान्त्रिक र कांग्रेसबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्