२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


समन्वय समितिका सदस्य गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु


0
Shares

नवलपरासी, जेठ ३ । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका सदस्य मक्करध्वज गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र अरुणखोलाबीच जंगलमा गुरुङ सवार ना. ४५ प १२५ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

गुरुङ स्थानीय तह निर्वाचनमा मध्यविन्दु नगरपालिका वडा नं १५ बाट वडा सदस्यमा निर्वाचित निर्बाचित भएका थिए ।