१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


धादिङमा भएका दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु


0
Shares

धादिङ, जेठ ३ । धादिङमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् ।

मलेखुबाट गिट्टी लिएर धादिङबेसीतर्फ जाँदै गरेको ना. ३ ख ६१४३ नम्बरको ट्रक नीलकण्ठ नगरपालिकाको च्याडु भन्ने स्थानमा दुर्घटना हुँदा ट्रक धनी त्रिपुरासुन्दरी गाउँपालिका गोकुल उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सो दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

यसैगरी पृथ्वी राजमार्गको थाक्रेमा बा ८९ प७९६१ मोटरसाइकल र ग. १ ख ६९२७ नम्वरको बस ठोक्किँदा मोटरसाइकलमा सवार ललितपुरको कुपण्डोलका अक्षय तण्डुकारको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार निकेस तण्डुकार भने घाइते भएका छन् ।