Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘सिन्डिकेट’ हटाउने महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो


13
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको एकाधिकार तोड्न विशेष भूमिका खेलेका उनलाई विभागबाट हटाएर मन्त्रालयमा ल्याउने निर्णय गरेका हुन् ।

गत बुधबार मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा तान्ने पत्र तयार पार्न लगाएको बुझिएको छ ।

तर, मन्त्रालयका सचिवले पत्रमा हस्ताक्षर गर्न नमानेपछि पत्र बुझाउन ढिलाइ भएको थियो ।

तर, शुक्रबार मन्त्रालयका सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र महानिर्देशक भट्टराइलाई थमाइएको हो ।

भट्टराईले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन तथा नयाँ कार्यविधि बनाउन सक्रिय भूमिका निभाएका थिए ।

गत चैत १८ गते यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्नुपर्ने र महानिर्देशक भट्टराईलाई हटाउने ‘लबिङ’मा लागेका थिए ।

Skip This