७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


छठपर्व मनाइने पवित्र स्थलमा फोहोर फाल्ने डम्पिङ !


0
Shares

बासुदेव बर्मा/ईमेज:

कपिलबस्तु । छठ पर्व मनाइने पवित्र स्थल कपिलबस्तुमा फोहोर फाल्ने डम्पिङ साइडमा परिणत भएको छ ।

तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुदै आएको छ ।

तर जिल्लामा छठ पर्व मनाइने प्रख्यात स्थल भने फोहोर फाल्ने डम्पिङ साइटमा परिणत हुुंदा धर्मावलम्बीहरु निराश छन् ।

सदरमुकाम तौलिहवा स्थित जमुवार नदीको किनारमा यहाका धर्मवालम्बीहरुले पुजा गर्ने गर्दन् ।

शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्व मनाइने पवित्र धार्मिक स्थलमा कपिलबस्तु नगरपालिकाको कार्यालयले फोहर फाल्ने ठाउँ बनाएको छ ।

नदीको किनारमा पक्की बाटो र नुहाउने ठाउ बनाएर छठ पर्व व्यवस्थित तवरले मनाउनका लागि नगरपालिकाले कुनै पहल नगरेको छठ पर्व ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए ।

गत बर्ष नगरपालिकाको सहयोगमा १० लाख रुपैंयाँको लगानीमा छठ पुजा स्थल निर्माण गरे पनि कपिलबस्तु नगरपालिकाले अहिले फोहोर फाल्ने डम्पिङ साईड बनाएको छ ।

उक्त दुर्गन्धित स्थलमा छठ ब्यबस्थापन समिती, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना र स्थानीयबासीको संयुक्त पहलमा सरसफाइ गरिएको छ ।

सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको ब्यबस्थापन समितीका अध्यक्ष गणेशलाल कर्णले जानकारी दिए ।