
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्दै भयरहित कपिलवस्तु बनाउने प्रतिबद्धता जनाएका हुन् ।
एसपी यादवले भयमुक्त कपिलवस्तु निर्माण, घटनाको निष्पक्ष, न्यायिक तथा वैज्ञानिक अनुसन्धान, सीमा अपराध र आर्थिक अपराध न्यूनीकरण गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, उनले घरेलु तथा अवैध मदिरा उत्पादन र बिक्रीमा कडाइ, बिनाभन्सारका भारतीय सवारी–साधनमा कडाइ अभियानलाई अगाडि बढाइने पनि उल्लेख गरे ।
एसपी यादवले अपराध गर्ने र हतियारवालालाई ‘ठाडो कारबाही’ गर्ने चेतावनी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्