Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेपाल स्टक एक्चेन्जको प्रणलीमा समस्या छैन: नेप्से


0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आफ्नो प्रणालीमा कुनै समस्या नआएको जनाएको छ  ।

एक्सचेन्जले अनलाइन कारोबार प्रणालीमा समस्या आएकाले कारोबार अबरुद्ध भएको भनाइको खण्डन गरेको हो ।

अनलाईन कारोबार सुरु गर्दा ब्रोकरहरुले लगानीकर्ताहरुको पुरै विवरण राख्नुपर्ने भएपनि सबै विवरण नराखेका कारणले गर्दा वेबसाइटमा समस्या देखिएको नेप्सेको भनाइ छ ।

लगानीकर्ता र ब्रोकरहरुलाई तालीम दिएपनि कारोबारमा अभ्यस्त हुननसक्दा कारोबारले गति लिन नसकेको नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्र सिंह साउदको भनाई छ ।

अनलाइन कारोबार सुरु भएसँगै सबै लगानीकर्ताहरुको सबै विवरण आवश्यक पर्छ ।

नागरिकता नम्बर, जिल्ला र ३ पुस्ते विवरण लगायत नराखिइसकेकोले यस्तो समस्या आएको उनको दाबी छ ।

बिस्तारै लागनीकर्ताहरुले अनलाइन कारोबार सिक्दै जाँदा समस्या समाधान हुँदै जाने उनको भनाई छ ।

श्रावण १ गतेदेखी नै अनलाईन मक टे«डिङ सुरु गरेको नेप्सेले कात्तिक २० गतेबाट औपचारिक रुपमा अनलाइन प्रणाली सुरुवात गरेको हो ।