काठमाडौं । सोमबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।
नेप्से १२ सय तल आइपुग्यो । अनलाइन प्रणालीमा समस्या आएसंगै यस दिन पनि कारोबार न्यून रह्यो । नेप्से १३ अंकले झरेर ११ सय ९२ मा आएर थामियो ।
वित्त समूह नगन्य अंकले हरियो रहे बाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । निर्जीवन बीमा समूह सबैभन्दा उच्च १ सय १ अंकले ओरालो लाग्यो ।
जीवन बीमा समूह पनि ९१ अंकले झर्यो । लघुवित्त समूहमा २२ अंकको कमी आयो । जलविद्युत, होटल र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको ४ लाख ४३ हजार कित्ता शेयर जम्मा १३ करोड ४० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्