२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विहानै देखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


0
Shares

चितवन, नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ ।
रासस