२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सल्यानमा बस दुर्घटना, ४३ जना घाइते


0
Shares

सल्यान, जेठ ६ । सल्यानको बनगार नगरपालिका कुभिन्डे नजिकै बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

रुकुमको चौरजारीबाट नेपालगञ्ज आउँदै गरेको ना३ख ९८७२ नम्बरको बस सडकबाट करीब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडीको स्टेयरिङ फेल भएर दुर्घटना भएको सल्यानका डिएसपी भरतबहादुर बिकले जानकारी दिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।