Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


इजरायली कारवाहीमा ६ प्यालेस्टिनी मारिए


0
Shares

जेरुसेलम, कात्तिक २६ । इजरायलले गाजापट्टीको खान युनिस क्षेत्रमा गरेको कारबाहीमा हमासका एक जना स्थानीय कमाण्डरसहित ६ जना प्यालिस्टिनी मारिएका छन् ।

कारवाहीका क्रममा आफ्नातर्फ एक जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको इजरायली सेनाले जनाएको छ । घटनालगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फ्रान्स भ्रमण छोट्याएर स्वदेश फर्कने निर्णय गरेको बताइएको छ ।

एउटा कारबाट इजरायली विशेष सेनाले आक्रमण गरेपछि भिडन्त शुरू भएको थियो । ट्यांकहरूले घेरा हालेर इजरायलले हवाई आक्रमण गरेको हमासले जनाएको छ ।

हमासका प्रवक्ताले घटनालाई कायरतापूर्ण इजरायली आक्रमण भनेका छन् । पछिल्ला महिनाहरूमा इजरायल र हमासबीच फेरि तनाव चर्किँदै गएको छ । (एजेन्सी)