७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने बढे


0
Shares

तनहुँ, कात्तिक २६ । तनहुँमा नयाँ मुलुकी तथा देवानी संहिता लागु भएपछि सम्बन्धविच्छेदको मुद्दाको संख्या बढेको छ ।

नयाँ ऐन लागु भएपछि हालसम्म २७ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । पुरुषले समेत सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न पाउने भएकाले यो संख्या बढेको अदालतले जनाएको छ ।

तनहुँमा पुरुषको तुलनामा महिलाले नै बढी सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने गरेका छन् । हाल दैनिक दुईदेखि तीन वटासम्म सम्वन्धविच्छेदको मुद्दा दर्ता हुने गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।