७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


कर्मचारी नहुँदा कार्यालय नै थला पर्‍यो, सेवा पाउनै मुस्किल (भिडियो)


0
Shares

दीपक घिमिरे

भैरहवा, कात्तिक २६ । रुपन्देहीको मर्चवारस्थित मालपोत कार्यालयमा कर्मचारीको अभाव भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

२०७३ फागुन ४ मा भैरहवास्थित मालपोत कार्यालय बुटवल र मर्चवारको मझगावामा लगियो । तर मझगावाका सेवाग्राहीको सास्ती भने करिब कार्यालय नहुँदाको जस्तै छ ।

कार्यालय सहयोगीबाहेक १२ कर्मचारीको दरबन्दी रहेको कार्यालयमा अहिले ३ जनामात्र कर्मचारी छन् । कार्यालय स्थापना हुँदा सेवासुविधा सहज रुपमा पाइने भन्दै हौसिएका स्थानीयबासीले त्यसको अनुभव गर्न भने अहिलेसम्म पाएका छैनन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्