
डडेल्धुरा, कात्तिक २६ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा सदरमुकाममा साँघुरो सडकका कारण यात्रुहरुलाई समस्या भएको छ ।
पहाडी जिल्ला पुग्ने र तराई लगायत राजधानी जाने रात्री तथा दिवा सेवाका यातायातका साधन आवतजावतमा कठिनाइ हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको छ । अव्यवस्थित बसपार्क र सडक साँघुरो भएकोले यात्रुलाई गन्तव्यमा समयमै पु¥याउन समस्या भईरहेको चालकहरु बताउँछन् ।
२०५५ सालमा महाकाली राजमार्ग फराकिलो बनाउँदै कालोपत्रे गरिए पनि त्यसयता अव्यवस्थित संरचना भत्काउने लगायतका सडक सुधारका कुनै पनि कामहरु हुन नसक्दा बजारसमेत अव्यवस्थित भएको छ ।
तत्कालीन क्षेत्रीय सडक डिभिजन कार्यालयले सडक १५ मिटर चौडा गर्न पटकपटक सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय राजमार्ग स्तरोन्नतिको जिम्मा प्रदेश सरकार मातहतमा छ ।
प्रतिक्रिया दिनुहोस्