बैठकमा ३ नम्बर प्रदेशका १३ ओटा जिल्लाका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु गरी ११९ स्थानीय तहहरु र १३ जिल्ला समन्वय परिषदहरुको सहभागिता रहेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले बैठकको उद्घाटन गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुले आ–आफ्नो गाउँ र नगरहरुको पूर्वाधार तथा विकास कार्यक्रमको कार्यान्वयन गर्दा पारदर्शिता कायम गर्दै भ्रष्टाचाररहित दीगो व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्