
काठमाडौं, जेठ ८ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ७ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा श्रद्धाञ्जलीसभा गरिएको छ ।
सिद्धिचरण स्मृति प्रतिष्ठानले काठमाडौंको ओमबहालमा रहेको युगकवि श्रेष्ठको प्रतिमास्थलमा श्रद्धाञ्जली सभा गरेको हो ।
कार्यक्रममा साहित्यकारहरुले युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यिक फाँटमा युगकवि र नेपाल भाषाका कविरत्नका रुपमा प्रसिद्ध छन् ।
ओखलढुंगामा जन्मिएका युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ लगायतका गीत चर्चित छन् ।
नेपाली र नेवारी भाषामा गरी उनका कयौं कृति प्रकाशित छन् ।
१९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखे वापत तत्कालीन सरकारले उनलाई १८ वर्षको जेल सजाय तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्