
काठमाडौं, जेठ ६ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधताको संरक्षणमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आज ललितपुरमा गरिएको कार्यक्रममा उनले जैविक विविधताको संरक्षण नभए विनास निम्तिने खतरा बढ्दै जाने बताए ।
जैविक विविधताको सम्बन्ध मानवसँग जोडिएकाले यसको संरक्षणमा ध्यान नपुगे मानव जीवनको विनास हुने तर्फ सचेत रहँदै संरक्षणमा जुट्न उनले आग्रह गरे ।
प्राकृतिक सम्पदा, जंगली जनावरको संरक्षणले मुलुकको पर्यटनमा समेत सघाउ पुग्ने उनको भनाइ छ ।
नेपाल जैविक विविधतामा विश्वकै उत्कृष्ट रहेकाले जैविक विविधताको अध्ययन केन्द्र नेपाललाई बनाउनुपर्ने उनको भनाइ थियो ।
यस वर्षको जैविक विविधता दिवसको नारा ‘जैविक विविधता महासन्धिका २५ वर्ष, पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता’ भन्ने रहेको छ ।
कार्यक्रममा जैविक विविधतासम्बन्धी वृत्रचित्रसमेत प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्