७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


उदयपुरमा ट्याक्टर दुर्घटना, तीनजनाको मृत्यु, ३० घाइते


0
Shares

उदयपुर, कात्तिक २५ । उदयपुरको बेलका नगरपालिका–८, रंगमहलमा आइतबार एक ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

सप्तकोसी पुलमा वनभोज खाएर फर्कंदै गरेको स१त ५८५० नम्बरको ट्याक्टर अपराह्न ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बेलका-२ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपिका चौधरी रहेका छन् ।

घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।