हिन्दुराज्य स्थापनाकाबारेमा पूर्वराजा ज्ञानेन्द्रसँग छलफल भएको शंकराचार्यको खुलासा • Image Khabar Image Khabar


हिन्दुराज्य स्थापनाकाबारेमा पूर्वराजा ज्ञानेन्द्रसँग छलफल भएको शंकराचार्यको खुलासा


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १७:४७

हिन्दुराज्य स्थापनाकाबारेमा पूर्वराजा ज्ञानेन्द्रसँग छलफल भएको शंकराचार्यको खुलासा

मंगलबार वीरगन्जको गोपालमन्डी धर्मशालामा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराजा शाहसँग सो विषयमा छलफल भएको बताए ।

कारणबस नेपालबाट राजतन्त्र र हिन्दुधर्म हटाइएपनि त्यसको पक्षमा सबै दलका नेताहरु रहेको शंकराचार्यको भनाइ थियो ।

गरिबी, अशिक्षा र असमानताको नारा भजाएर नेपालमा क्रिस्चियन मिसिनरी र उग्र कम्युनिष्टहरु हावी हुँदै आएको भन्दै उनले हिन्दुराष्ट्र पुनःस्थापनाले सबै समस्याहरु समाधान हुने जिकिर पनि गरे ।

नेपाल भ्रमणमा रहेका शंकराचार्यसँग पूर्वराजा शाहले सोमबार राति वीरगन्जमा भेटवार्ता गरेका थिए ।

शनिबारदेखि तराई झरेका पूर्वराजा शाह सोमबार शंकराचार्य बसेको गोपालमन्डीमा पुगेर करिब एक घन्टा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्