
सानो आन्द्रामा समस्या देखिएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएका घिमिरेलाई बुधबार अपराह्नको उडानबाट दिल्ली लगिएको हो ।
सानो आन्द्रामा रगत बगिरहेको आशंका गरिएपनि रक्तश्राव भइरहेको स्थान पत्ता नलागेपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको हो ।
ग्रान्डी अस्पतालका चिकित्सकहरु पनि राष्ट्रकवि घिमिरेसँगै दिल्ली गएका छन् ।
राष्ट्रकवि घिमिरेको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ ।
प्रतिक्रिया दिनुहोस्