११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


भारतको मध्यप्रदेशमा ३१ जनामा जिका भाइरस


0
Shares

नयाँदिल्ली, कात्तिक २५ । भारतको मध्यप्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ ।

पछिल्लो समय जिका भाइरसकै कारण अरु दुईजनाको मृत्यु पनि भइसकेको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

तर, प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टि गर्न भने अस्वीकार गरिरहेका छन् ।

प्रदेशको लोकप्रिय पत्रिका ‘द हिताभाडा’ले रोग नियन्त्रण विभागका निर्देशक डा. हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना संकलन गरिएको समाचार लेखेको छ ।

संकलन गरिएका नमुनाहरु भोपालस्थित एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उनले जानकारी दिएको समाचारमा उल्लेख छ ।

एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ ।

जिका भाइरस देखिएकामध्ये सातजना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन् ।

निर्देशक जैस्वारकाअनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टिका लागि नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजी पुणेमा पठाएको छ । रासस/सिन्ह्वा