संसद् नियमावलीका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल • Image Khabar Image Khabar


संसद् नियमावलीका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल


Imagekhabar
१० जेष्ठ २०७५, बिहीबार ०८:३८

संसद् नियमावलीका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच विभिन्न समसामियक विषयमा छलफल भएको हो ।

भेटका क्रममा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कायविधि, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने विषयमा सहमति गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दलका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा. मिनेन्द्र रिजाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्