
केदार कटवाल (इमेज)
उदयपुर, कात्तिक २५ । उदयपुरको चौदन्डीगढी नगरपालिका–६, बेलटारबजारस्थित धनकुमारी राईको घरमा आइतबार आगोलागी हुँदा ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
आगोलागीबाट नगद, सुनचाँदी, अन्नपात तथा काठेघर पूर्णरुपमा जलेर नस्ट भएको छ ।
आगोलागीबाट पशुचौपायाको गोठमासमेत क्षति पुगेको छ । एक दर्जन बाख्रा तथा सुंगुर जलेर मरेका छन् । मानवीय क्षति भएको छैन ।
समयमा बारुणयन्त्र पुग्न नसक्दा ठूलो क्षति भएको पीडित राईले बताइन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र बारुणयन्त्रको सहायतामा दुई घन्टापछि आगोलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।
विद्युत सर्ट भइ आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्