
विनोदसिंह विष्ट (इमेज)
बैतडी, कात्तिक २५ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आइतबार मध्याह्न १२ बजेर ५२ मिनेटमा भूकम्पकोे धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माकाअनुसार भारत, उत्तराखन्डको छेला केन्द्रविन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
उत्तराखन्डमा गएको भूकम्पको धक्का नेपालका जिल्लामासमेत महसुस गरिएको हो ।
भूकम्पको धक्का महसुस भएपनि सोबाट कुनै क्षतिको विवरण अहिलेसम्म कतैबाट नआएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्