७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते


0
Shares

विराटनगर, कात्तिक २५ । मोरङको सुन्दरहरैचा नगरपालिका–९ विराटचोकमा गएराति मोटरसाइकललार्इ ठक्कर दिएर एम्बुलेन्स समेत पल्टिदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको शिवसतासी नगरपालिका–६ का ३९ वर्षीय रोशन गजुरेल छन् । गम्भीर घाइते भएका गजुरेलको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका एम्बुलेन्स चालकसहित दुई जनामध्ये एकको नोबेल अस्पताल बेलबारी र अर्काको स्थानीय क्लिनिकमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

गएराति पौने १ बजे मे१च ४५१९ नम्बरको एम्बुलेन्सले बाटो क्रस गर्दै गरेको को१६प २७६९ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिएको थियो ।