बालकृष्ण ढुंगेललाई माफी दिनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ • Image Khabar Image Khabar


बालकृष्ण ढुंगेललाई माफी दिनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार २०:११

बालकृष्ण ढुंगेललाई माफी दिनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।

सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्