२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड


0
Shares

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले स्टेज कार्यक्रम तथा श्रव्यदृष्य सामग्रीमार्फत् नदी संरक्षणमा कसरी योगदान पुर्‍यान सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

वाग्मती सरसफाइ अभियानको पाँच वर्ष पूरा भएको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कलाकारहरुलाई सम्मानसमेत गरिएको थियो ।