२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


असारदेखि भद्रपुर विमानस्थलमा आईएफआर प्रविधि संचालनमा आउने


0
Shares

झापा, जेठ १२ । झापाको भद्रपुर विमानस्थलमा असार पहिलो सातादेखि आईएफआर प्रविधिबाट विमान उडान र अवतरण हुने भएको छ ।

आईएफआर प्रविधि जडानको काम सम्पन्न भएकाले असार २ गतेबाट यो प्रविधि जडान गरेका विमानले कम भिजिविलिटीमै उडान र अवतरण गर्न सक्ने नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले जानकारी दिए ।

यो प्रविधि जडानसँगै अब हुस्सु र कुहिरोका कारण विमानस्थलमा उडान र अवतरण नरोकिने बताइएको छ । २२ सय मिटरको भिजिविलिटीमै उडान गर्न सकिने उनको भनाइ छ ।

२२ सय मिटर भिजिविलिटीबाट सुरु गरेर क्रमश घटाउँदै १७ सयसम्ममा नै अवतर र उडान गर्न सकिने बताइएको छ । यो प्रविधि नहुँदा पाँच देखि छ किलोमिटरको भिजिविलिटी भए मात्र उडान गर्नुपर्ने बाध्यता थियो ।

बुद्ध एयरले आइएफआर प्रविधि जडानको काम सम्पन्न भएपछि पहिलोपटक परीक्षण उडानसमेत गरेको छ ।

सुरुको चरणमा बुद्ध एयरले मात्र आइएफआर प्रविधि जाडान गरी पाईलटलाई तालिम दिएकाले सो एयरले मात्र कम भिजिबिलिटी अर्थात २२ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण गर्ने छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक दिपक बरालले प्राधिकरणले झापाको भद्रपुरसँगै विराटनगर र धनगढीमा पनि यो प्रविधि जडान गरिसकेको र केही महिनाभित्र जनकपुर विमानस्थलमा पनि जडान गरिने जानकारी दिए ।