
काठमाडौं, जेठ १२ । डा.साफल्य अमात्यले लेखेको ‘बागमती सभ्यता: उद्भव र विकास’ पुस्तक आज सार्वजनिक गरिएको छ ।
ललितपुरमा गरिएको कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।
कार्यक्रममा संस्कृतिविद् जोशीले पुस्तक संस्कृति र सभ्यतामा चासो राख्नेहरुका लागि उपयोगी हुने बताए ।
बागमती सभ्यता काठमाडौं उपत्यकावासीका लागि निकै चासोको विषय भएको भन्दै उनले पुस्तकले सभ्यता संरक्षणका क्षेत्रमा ऐतिहासिक योगदान पुग्ने बताए ।
पुस्तकमा बागमतीको इतिहास, यसको महत्व, सांस्कृतिक भूमिका, यसको प्रभाव र अहिलेको अवस्थाका बारेमा वर्णन गरिएको छ ।
लेखक अमात्यले भने बागमती उपत्यकाबासीका लागि एउटा धरोहरको रुपमा रहेको भन्दै संरक्षणमा लाग्न प्रेरित गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्