
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचास्थित आयोजनास्थलमा वर्षासँगै आएको बाढीले सिमेन्ट, रड, प्लाइउड, गिट्टी, बालुवालगायतका निर्माण सामग्री बगाउँदा ७ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको आयोजनाका सब–कन्ट्याक्टर मोहनकुमार योङहाङले जानकारी दिए ।
बाढीले आयोजनाको ड्याम निर्माण भइरहेको क्षेत्रमा राखिएका मिक्सर मेसिन, पम्प सेटलगायतका सामग्रीसमेत बगाएको छ ।
बाढीले निर्माणाधीन ड्याममासमेत सामान्य क्षति पुगेको आयोजनाले बताएको छ ।
कोसेली निर्माण सेवाले गत फागुनदेखि ५०० किलोवाट क्षमताको उक्त आयोजनाको निर्माण सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्