२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बौद्धशिक्षा प्रचारमा योगदान दिने व्यक्तिहरु सम्मानित


0
Shares

बौद्ध आध्यात्मिक पत्रिका ‘सम्यक सन्देश’को प्रथम वार्षिकोत्वसको अवसरमा शनिबार काठमाडौंमा गरिएको कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा भिक्षु उपतिस्स महास्थवीरलाई सूचक–रतन युवा पुरस्कार, गोपीकृष्ण ढुंगानलाई सूचक साहित्य पुरस्कार, माया मानन्धरलाई सूचक–पद्मादेवी समाजसेवा पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी, रत्नसुन्दर शाक्यलाई सूचक सम्मान, लालबहादुर चौधरीलाई सूचक–कृष्णबहादुर समाजसेवा पुरस्कार र नानी हेरा शाक्यलाई सूचक–लीली नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा उपस्थित बौद्धधर्मका विद्वान् एवं धर्मगुरुहरुले बौद्धधर्म सम्प्रदाय विशेषकोमात्र नभइ सम्पूर्ण मानवजगतका लागि हितकर रहेको बताए ।