
गन्तव्य नेपालद्वारा ‘आर्थिक समृद्धिका लागि पर्यटन’ विषयक शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देशलाई विकासको मार्गमा लैजान पर्यटन क्षेत्रले खेलेको भूमिका अद्वितीय रहेको उल्लेख गरे ।
लामो समयको राजनीतिक संक्रमणपछि गठन भएको वर्तमान सरकारले ‘पर्यटन क्षेत्रमा समृद्धिका लागि हुनसक्ने योगदानको खाका कोर्नेछ’ भन्दै उनले पर्यटकले खर्च गर्नैपर्नेखालका कार्यक्रम बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्राकृतिक सम्पदा र विविधताले भरिपूर्ण हाम्रो मुलुकमा आन्तरिक पर्यटकको संख्या वृद्धि गर्ने कार्यक्रम बनाउन निजी क्षेत्रसँग आग्रह गरे ।
उनले भने–‘हिमाली भेगका जनतालाई तराई तथा तराईका जनतालाई हिमाली क्षेत्रको कला, संस्कृति र सम्पदाबारे जानकारी गराउनसक्ने प्रशस्त आधारहरु छन्, यसका लागि निजी क्षेत्रको समर्पण र लगानी आवश्यक छ ।’
नेकपा स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले २१औं शताब्दीको सबैभन्दा ठूलो उद्योग पर्यटन उद्योग भएकाले यसका माध्यमबाट नेपाललाई संसारकै धनी मुलुक बनाउनसक्ने सम्भावना रहेको बताए ।
पर्यटकका आकर्षक गन्तव्य भनेको मानव पूर्वाधार र प्राकृतिक सम्पदा भएको बताउँदै उनले प्राकृतिक सम्पदाका दृष्टिले नेपाल संसारकै धनी मुलुकको कोटीमा रहेकाले पर्यटनको माध्यमबाट प्रशस्तै लाभ लिनसक्ने सम्भावना रहेको टिप्पणी गरे ।
नेपाल पर्यटन बोर्डका सन्चालक समितिका सदस्य दीपक महतले ‘मुलुकमा राजनीतिक स्थायित्वले समृद्धिको आधार तयार गरेकाले पर्यटन क्षेत्रमा लक्ष्य बनाएर काम गर्ने हो भने सम्भावना नै सम्भावना छ’–भने ।
आयोजक संस्था गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी, पत्रकार ऋषि धमला र गाउँ पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कमल सापकोटालगायतले गाउँ पर्यटनलाई प्रवद्र्धन गर्नसके घरैमा बसेर डलर कमाउनसकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएबापत व्यवसायी प्रतिष्ठा विष्ट अमात्यलाई ‘टुरिज्म म्यान अफ दी इअर’ सम्मान प्रदान गरियो ।
पर्यटन क्षेत्रको विकासका लागि निरन्तर कलम चलाउने पत्रकारद्वय तृष्णा गिरी र कुमार चौलागाइँलाई पनि समारोहमा पुरस्कार प्रदान गरियो । रासस
प्रतिक्रिया दिनुहोस्