सुन तस्करी तथा सनम हत्या प्रकरणमा फरार एसएसपी खत्री विदेशमा ! • Image Khabar Image Khabar


सुन तस्करी तथा सनम हत्या प्रकरणमा फरार एसएसपी खत्री विदेशमा !


Imagekhabar
१३ जेष्ठ २०७५, आईतवार ०६:२३

सुन तस्करी तथा सनम हत्या प्रकरणमा फरार एसएसपी खत्री विदेशमा !

काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार सूचीमा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री देशभित्र नरहेको प्रहरीको निष्कर्ष छ ।

उच्चस्तरीय छानविन समितिले पक्राउ गर्न खोजेपछि कार्य विभागमा कार्यरत खत्री त्यसअघि नै करिब २५ दिनको बिदा स्वीकृत गरेर बसेका थिए ।

समितिले पक्राउ गर्न खोजेपछि उनी फरार भए । उनी हालसम्म कहाँ छन् भन्ने कसैलाई जानकारी नभए पनि प्रहरीले भने देश बाहिर रहेको आशंकामा डिफ्युजन नोटिस जारी गर्न लागेको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्