७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


कर्मचारी समायोजन ऐन अन्तिम चरणमा : मन्त्री पण्डित


0
Shares

काठमाडौं, कात्तिक २४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी मंसिरसम्ममा सबै संघीय कानुनहरु बनिसक्ने दाबी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले कर्मचारी समायोजन ऐन अन्तिम चरणमा पुगेको बताउँदै अब बस्ने मन्त्रिपरिषद बैठकबाट ऐन अघि बढ्ने जानकारी दिए ।

मन्त्री पण्डितले संघीय निजामती कर्मचारी ऐन संसदको विधायन समितिमा छलफलकाक्रममा रहेको पनि बताए ।

संघीयता कार्यान्वयनमा देखिएका जटिलता समाधानतर्फ सरकारको ध्यानकेन्द्रित रहेको उनको भनाइ छ ।

उनले कर्मचारी व्यवस्थापनको काम पनि ऐनसँग जोडिएको भन्दै उत्साहित भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

मन्त्री पण्डितले खटाएको ठाउँमा नजाने र काममा अटेर गर्ने कर्मचारीलाई भने पहिला सचेत गराउने र त्यसपछि पनि नमाने जागिरबाट निकाल्नसमेत पछि नहट्ने चेतावनी दिए ।

उनले स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई चाहिनेभन्दा बढी सेवा दिन नसकिने स्पस्ट पारे ।

मन्त्री पण्डितले विकास निर्माणका कामहरु अब पूर्णगतिमा अघि बढ्ने भन्दै जनताले चाहेजस्तो परिणाम आउने बताए ।

उनले आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएकोसमेत स्पस्ट पारे ।