
हुम्ला, कात्तिक २४ । हिन्दूहरुको महान् पर्व भाइटीका लगाइ देउसी खेल्नेक्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मान्छे टोक्दै हिँड्ने भुस्याहा कुकुर मार्न स्थानीय बासिन्दा र नेपाल प्रहरीले खोजीकार्य तीव्र बनाएका छन् ।
प्रहरीकाअनुसार कुकुरको टोकाइबाट उनीहरुको तिघ्रा र हातका औंलामा चोट लागेको छ । रासस
प्रतिक्रिया दिनुहोस्