७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


जिप दुर्घटनामा घाइते बालिकाको पनि मृत्यु, बाबुछोरीले ज्यान गुमाए


0
Shares

रुकुम पश्चिम, कात्तिक २४ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३, दहखोलामा भएको जिप दुर्घटनामा परेकी घाइते बालिकाको पनि मृत्यु भएको छ ।

शुक्रबार बेलुका लु१ज २६६८ नम्बरको जिप दुर्घटनामा परी गम्भीर घाइते आठबीसकोट नगरपालिका–१, स्यालाखदीकी पाँच वर्षीया पार्वती विकलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बाँफीकोट गाउँपालिका–३, स्यार्पुबाट नेपानेतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालक आठबीसकोट नगरपालिका–१, स्यालाखदीकै २८ वर्षीय टेकमान विकको मृत्यु भएको थियो । पार्वती र टेकमान बाबुछोरी हुन् ।

टेकमान छोरीलाई लिएर नेपानेस्थित ससुरालीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । बाटो अप्ठ्यारो भएका कारण दुर्घटना भएको बताइएको छ । रासस