
पर्वत, जेठ १४ । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ स्थित लुंखुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
मेहलढुंगाको नामले परिचित महाशिला ठूलो क्षेत्रफलमा फैलिएको एउटै ढुंगा हो । पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको महाशिला दुर्गम गाउँमा भएका कारण उचित–प्रचार प्रसार हुन नसकेको हो ।
एक दशक अघिसम्म पनि यो स्थानमा हरेक चाडपर्वमा मेला लाग्ने गरेको थियो । तर पछिल्लो समयमा यसप्रति युवाको चासो नहुँदा ओझेलमा पर्दै आएको छ ।
सदरमुकाम कुश्माबजारबाट करिव ४० किलोमिटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठूलो ढुंगाकै नामबाट गाउँपालिकाको नाम महाशिला राखिएको हो ।
लुंखुदेउरालीसम्मै मोटरबाटोको सुविधा पुगे पनि पर्यटक पुग्न सकेका छैनन् ।
महाशिलामा विभिन्न देवीदेवताका मूर्तिहरु कुद्ने, रंगरोगन गर्ने, पर्खाल तथा महाशिला परिक्रमाका लागि वाटो निर्माण गर्ने योजनाहरु अघि सारिएको छ ।
गाउँपालिकाले महाशिला संरक्षण समिति गठन गरेर संरक्षण र प्रचार प्रसारको काम सुरु भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्