
काठमाडौं, जेठ १४ । काठमाडौं सहर आधुनिकतातर्फ लम्किरहँदा सहरी सुन्दरता भने घट्दो छ ।
तर सहरका केही सडक छेउमा रोपिएका विरुवा र सडक टापुहरुले भने थोरै भए पनि महानगरको सौन्दर्यलाई जोगाएको छ ।
काठमाडौंका सडकलाई चौडा बनाउन विस्तार गरेपछि धेरै स्थानका रुखबिरुवा मासिएको छ । हुर्किएका अग्ला रुख काटिएपछि थोरैमात्र रहेको हरियाली पनि नासियो ।
बाटो विस्तार गरेपछि धेरै ठाउँमा रुखहरु नै रोपिएन । केही ठाउँमा मात्र रोपिएको छ ।
अहिले हुर्किरहेका तिनै विरुवाहरुले काठमाडौंका सडकपेटीको सुन्दरता बढाएको छ । सडक टापुका फूल र विरुवा पनि लोभलाग्दा हुँदै गएका छन् ।
सडक व्वस्थापन प्रमुख लक्ष्य रहेको ति टापूहरुमा रोपिएका सुन्दर फूल र बिरुवाले सौन्दर्य बढाउन मद्यत गरेको छ । सडक छेउछाउ रुखबिरुवा रोप्ने चलन राणाकालदेखि सुरु भएको हो ।
अहिले काठमाडौं महानगरपालिकले यी बिरुवाको संरक्षण गर्दै आएको छ । काठमाडौंमा हाल २७ सडक टापुहरु छन् ।
महानगरपालिकाले विभिन्न संघसंस्थासँग पनि सहकार्य गरी बोटबिरुवाको संरक्षण गर्दै आएको छ ।
यस कार्यका लागी बार्षिक झण्डै १ करोड ५० लाख रुपैंया खर्च हुने गरेको काठमाडौ महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली बताउँछन् ।
विरुवा रेखदेखका लागी निश्चित कर्मचारी नखटाएता पनि आवश्यकता अनुसार राख्दै आएकोे ज्ञवालीले जानकारी दिए ।
महानगरपालिकाको तुलनामा निजि क्षेत्रको रेखदेखमा रहेका टापुहरु बढि व्यवस्थित देखिन्छन् । जसबापत उनीहरुको सानो बोर्ड त्यहाँ राख्ने गरेका छन् ।
सहरको सुन्दरता र वातावरणलाई सुधार्ने हिसाबले ल्याउन लागिएको हरित काठमाडौं कार्यक्रम तयारीको चरणमा रहेको पनि ज्ञवालीले जानकारी दिए ।
अव्यवस्थित निर्माणकार्यले हरियाली लोपहुदैं गएको स्थितिमा सडक वरिपरिका यिनै बोटविरुवाले थोरै भएपनि सुन्दरता प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्